२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 8.6K
    SHARES

  • images
    देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द

    ३१ भाद्र २०८०, आइतबार 

    काठमाडौँ– आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको हो ।

    संघले हिजो एक विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ । संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएको संघले उल्लेख गरेको छ ।

    सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आज आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो । संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्ने लगायत माग अगाडी सारेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend