२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नयाँ पुस्ताले अब्बल नेता जन्माउनुपर्छ : अध्यक्ष ओली


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 9.1K
    SHARES

  • images
    नयाँ पुस्ताले अब्बल नेता जन्माउनुपर्छ : अध्यक्ष ओली


    काठमाडौं ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राष्ट्रकोक अहित हुने काम कुनै पनि हालतमा नगर्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘बा सँग विद्यार्थी ’ कार्यक्रममा विद्यार्थीहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले राष्ट्रको सम्पत्तिलाई छल, कपट गरेर आफूले दुरुपयोग नगर्ने र जे गरे पनि ईमान्दारीताका साथ गर्ने दाबी गरेका हुन् ।

    उनले भने,‘म अब्बल नेता त होइन । तर ईमानका साथ काम गर्छु । ईमानदार प्रयास गर्छु । देशलाई माया गर्छु जनतालाई माया गर्छु । कुनै हिसाबले पनि चलखेल, छल कपटले राज्यको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनु हुँदैन भन्ने मान्यता राख्छु । र जे गर्छु ईमान्दारीताका साथ गर्छु ।’उनले आफूले नेपाल विरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकेको भन्दै नयाँ पुस्तालाई देशको भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने गरी तयारी गर्न आग्रह गरे ।

    उनले भने, ‘म अब्बल नेता होइन । अब तपाईहरु जस्तै नयाँ पुस्ताले अब्बल नेता जन्माउनुपर्छ । नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकेको छैन । हाम्रो भूगोल र राष्ट्रिय हितको रक्षा गर्न सक्ने हुनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend