२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गैह्रीगाउँ हत्या प्रकरणः घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 10.4K
    SHARES

  • images
    गैह्रीगाउँ हत्या प्रकरणः घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन


    काठमाडौं ३० भदौ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा गए राति चार जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार राठौरको नेतृत्व रहने समितिमा प्रहरी नायव उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का, सुरक्षा केसी र प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहनेछन् ।

    उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सूक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सो समितिलाई कार्यालयले अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend