२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

विदेशमा रहेका लाखौं युवाहरुको भविष्यबारे नसोचे देशको परिवर्तन असम्भव : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 8.9K
    SHARES

  • images
    विदेशमा रहेका लाखौं युवाहरुको भविष्यबारे नसोचे देशको परिवर्तन असम्भव : प्रधानमन्त्री दाहाल


    काठमाडौं ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौं युवाहरुको भविष्यबारे नसोचे देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नहुने बताएका छन् । ‘तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२३’ लाई शनिबार सम्बोधन गर्दै उनले देशका युवाको भविष्यबारे सोच्न आवश्यक भएको भन्दै उनीहरुको आत्मसम्मान, सुरक्षा कायम गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए ।

    उनले भने, ‘विदेशमा रहेका लाखौं युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरुको हितको रक्षा हुन सक्छ, के गरी उनीहरुको आत्मसम्मान र सुरक्षाकायम हुन सक्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागिरहेको जानकारी गराउन चाहन्छु ।’

    उनले विदेशमा रहेका युवाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने घोषणा गरेको भन्दै त्यसमा अहिलेसम्म झन्डै ३ लाख युवाहरु आवद्ध भइसकेको जानकारी दिए ।

    उनले भने, ‘सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण प्रयास अगाडि बढाएको छ । म प्रधानमन्त्री भएको केही समयमै विदेशमा रहेका युवाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने घोषणा गरिएको थियो । अहिलेसम्म झन्डै ३ लाख युवाहरु त्यो कोषमा आवद्ध भइसकेका छन् ।’

    यस्तै, उनले नेपाली युवालाई भोलिका उत्तराधिकारी मात्रै होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको भन्दै युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, र उद्यामशीलतालाई प्राथमिकतामा राखिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend