२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गैह्रीगाउँमा सामूहिक हत्या, चारै जनाको शव शिक्षण अस्पतालमा


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 8.6K
    SHARES

  • images
    गैह्रीगाउँमा सामूहिक हत्या, चारै जनाको शव शिक्षण अस्पतालमा


    काठमाडौं ३० भदौ । काठमाडौँको गैह्रिगाउँमास्थित दिव्य सःमिलमा हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो ।

    सःमिलमा एकै परिवारका तीन जनासहित ४ जनाको शुक्रबार राति हत्या भएको थियो ।हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

    हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend