३० भाद्र २०८०, शनिबार
काठमाडौँ– काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।
हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।
धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


