२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चिनियाँ याओ पुचेङ्ग : ‘भन्सारका कर्मचारीको चिन्ता लिनु पर्दैन’ भनेर विदेशबाट पठाइन्थ्यो सुन


सञ्चार डबली
  • शुक्रबार, भदौ २९ २०८०
  • 9.7K
    SHARES

  • images
    चिनियाँ याओ पुचेङ्ग :  ‘भन्सारका कर्मचारीको चिन्ता लिनु पर्दैन’ भनेर विदेशबाट पठाइन्थ्यो सुन

    काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका ‘एलेक्स’ भनिने चिनियाँ नागरिक याओ पुचेङ्गले आफूहरुलाई त्रिवि भन्सार कार्यालयका कर्मचारीहरुको चिन्ता लिनु पर्दैन भन्दै विदेशबाट कार्गोमार्फत सुन पठाइने गरेको बताएका छन् ।

    अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा पुचेङ्गले चीनमा रहेका मेनेजर श्याम भन्ने चोङ चिङ छह्वाङ र लिनले आफूलाई त्रिवि भन्सार कार्यालयमा मिलाएको र त्यहाँ कुनै समस्या नहुने बताउने गरेको पनि प्रस्ट पारेका छन् ।

    बयानमा उनले भनेका छन्, ‘त्यसैले हामीले कर्मचारीहरुको सम्बन्धमा मतलब गर्दैनथ्यौँ ।

    के कुन कर्मचारीलाई मिलाएका छन्, मलाई कहिल्यै भनेनन् । सधैँ भन्सारका कर्मचारीहरुको तिमीहरुले कुनै चिन्ता लिनु पर्दैन भनी छह्वाङले भन्ने गरेका थिए ।’

    उनका अनुसार सुन पैठारी तथा सुन व्यापारका मुख्य योजनाकार तथा लगानीकर्तामध्येका एक वाङ ताओ चिन हुन् भनेर चोङ चिङ छह्वाङले नेपालमा हुँदा कुराकानीका क्रममा भनेको उनले सुनेका थिए ।

    आफ्नो जानकारीमा भए अनुसार मुख्य योजनाकार तथा लगानीकर्तामध्येका मुख्य वाङ ताओ चिन हाल चीनमा छन् ।

    चोङ चिङ छह्याङ र लिन हाल चीनमै रहेर नेपालमा ब्रेक प्याड लगायतका सामान पठाएर सुनको अवैध व्यापार गर्ने गरेको पनि पुचेङ्गले बयानमा खुलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend