२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अघि बढ्यो सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया - प्रधानमन्त्री


सञ्चार डबली
  • शुक्रबार, भदौ २९ २०८०
  • 7.9K
    SHARES

  • images
    अघि बढ्यो सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया - प्रधानमन्त्री

    शुक्रबार, २९ भदौ २०८०,

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमति अनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी गराए । उनले शीर्ष राजनीतिक दलहरुबीच यसअघि असोज ५ गतेबाट सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति भएको थियो ।

    प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताए । उनले आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेको समेत जानकारी गराए । यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध छ ।’

    प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend