२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


सञ्चार डबली
  • शुक्रबार, भदौ २९ २०८०
  • 7.1K
    SHARES

  • images
    अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    शुक्रबार, भदौ २९, २०८०
    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जानुअघि बैठक बस्न लागेको हो । बैठकमा महासभासहित चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बाह्रखरीलाई जानकारी दिए ।

    महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार (भोलि) अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै छन् । उनले आउँदो असोज ४ गते (२१ सेप्टेम्बर) महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड महासभाको उद्घाटनसत्रमा सहभागी हुनेछन् ।असोज ३ (१९ सेप्टेम्बर) गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनले भाग लिनेछन् ।

    संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र जलवायु महत्त्वाकांक्षालगायत शिखर सम्मेलनमा पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यहाँ उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् । चीन भ्रमण असोज ५ गतेदेखि सुरु हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने

    भ्रमणमा प्रधानमन्त्रीका साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, र परराष्ट्र मन्त्रालयका अरू वरिष्ठ अधिकारी रहने मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend