२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अमेरिकाबाट एनआरएनए सचिवमा राम सी पोखरेलको उम्मेदवारी


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 8.5K
    SHARES

  • images
    अमेरिकाबाट एनआरएनए सचिवमा राम सी पोखरेलको उम्मेदवारी

     

    काठमाडौं, २८ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी घोषणा गरेका छन । आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताए । पोखरेल अहिले संघको अमेरिकाज क्षेत्रीय संयोजक रहेका छन ।

    पोखरेल सन २००८ देखि एनआरएनए अभियानमा निरन्तर सक्रिय रहेका अभियन्ता हुन । सन २०१५–१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष भएर काम गरेका थिए । सन २०१७–१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए । सन २०१९–२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे ।

    संघलाई नजिकबाट बुझेका पोखरेल इमान्दार र अनुभवी अभियन्ताका रुपमा परिचित छन । हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा पोखरेलको रहेको छ । संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको उनको भनाई छ ।

    नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ संस्थामा जिम्मेवारी पद लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ । पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन ।

    अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका पुगेका थिए । परिवारसहित टेक्ससमा बस्दै आएका उनी सफल व्यवसायी र समाजसेवी पनि हुन । पोखरेलले पेट्रोल पम्प, रियल स्टेट, तथा कानुन व्यवसायमा बर्षौदेखी ब्यावसाय गरिरहेका छन ।पोखरेलले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफुलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend