२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 8.3K
    SHARES

  • images
    आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

     

    काठमाडौं, २७ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

    भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो । राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पछाडी परेका वर्गहरुको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकास का लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् ।

    नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य हो । नेपाली विद्यार्थीहरुको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलियाले काम गरिरहेको उनले बताइन् । उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend