२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आमा बित्दा छोराहरू आउँदै आएनन्, चार छोरीले यसरी गरे अन्तिम संस्कार


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 9.5K
    SHARES

  • images
    आमा बित्दा छोराहरू आउँदै आएनन्, चार छोरीले यसरी गरे अन्तिम संस्कार

    हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि दाहसंस्कार छोराले नै गर्ने चलन छ। अझ मृतकको शवलाई काँधमा राखेर आर्यघाटसम्म छोराले नै लैजानु पर्ने मान्यता छ।

    पछिल्लो समय छोरा नहुने अभिभावकको मृत्युपछि छोरीले अन्तिम संस्कार गरेका थुप्रै उदाहरण छन्। बेलाबखत छोराछोरी दुबै मिलेर दाहसंस्कार गरेका घटनाहरू पनि बाहिरिने गर्छन्।भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरीहरूले आमाको अन्तिम संस्कार गरेका छन्।

    भारतीय पत्रिका दैनिक भास्करका अनुसार मंगलाघाटमा बस्ने ८० वर्षीया जाति नायकको आइतबार मृत्यु भयो। उनको दाहसंस्कार गर्न छोराहरू नपुगेपछि चार छोरीहरू मिलेर अन्तिम संस्कार गरेका हुन्। उनका दुई छोरा र चार छोरीहरू छन्।

    मृतक जातिको छिमेकीका अनुसार छोराहरू नआएपछि दिदी-बहिनीले नै आमाको शवलाई काँधमा बोकेर चार किलोमिटर टाढा रहेको आर्यघाटसम्म पुर्‍याए। धेरै बेरसम्म कुर्दा पनि भाइहरू नआएपछि छिमेकीकै सहयोगमा उनीहरूले आमाको शव आफैंले लैजाने निर्णय गरेका थिए।

     

    श्रमानको मृत्युपछि जातिले निकै दुःख गरेर छोराछोरीलाई हुर्काएकी थिइन्। उनले बाटोमा ठेला राखेर छोराहरूलाई पढाइन्। तर उनीहरू अन्तिम पटक आमाको अनुहार हेर्नसमेत आएनन्।मृत्युअघि पनि छोराहरूले उनको वास्ता गर्दैन थिए।

    आमाले पहिले नै छोराहरूले मेरो वास्ता गर्दैनन् भन्नुहुन्थ्यो,’ मृतकका जेठा ज्वाइँले भने, ‘आमा हामीलाई भेट्न केही दिनअघि आउनुभएको थियो। तब उहाँले तिमी नै मेरो जेठो छोरा हौ किनकी कहिले पनि छोराले मेरो वास्ता गरेनन्, मलाई धेरै वर्षदेखि भेट्न पनि आएका छैनन् भन्नुभएको थियो।’मृतक जातिकी छोरी सीतामणि साहुले पनि भाइहरूले कहिल्यै आमाको खबर नसोधेको बताइन्।

    पछिल्लो दस वर्षदेखि आमालाई वास्ता गरेनन्। भाइहरूले आमालाई कहिल्यै साथमा समेत राखेनन्। एक पटक पनि आमालाई सन्चो छ/छैन सोधेनन्। आफ्नो ध्यान आफैं राख्नुहुन्थ्यो।

    ’मृत्यु हुनु केही दिनअगाडि जाति बिरामी भएकी थिइन्। उनलाई छोरी-ज्वाइँले एम्बुलेन्समा अस्पताल लगेका थिए। त्यतिबेला पनि भाइहरू आमालाई भट्न नआएको उनले बताइन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend