२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुवासचन्द्र नेम्वाङको भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

सरकारले भोलि बिहिवार सार्वजनिक बिदा दिने 


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 13.7K
    SHARES

  • images
    सुवासचन्द्र नेम्वाङको भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    बुधबार, भदौ २७, २०८०
    काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ भोलि भदौ २८ गते बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । मंगलवार बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै भोलि बिहिवार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

    उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बुधबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा राखिने तय भएको एमालेले जानकरी दिएको छ । नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको र आज बुधबार बेलुकीसम्म आइपुग्ने भएकाले भोलि विहिबार अन्त्यष्टि गरिने एमालेले जानकारी दिएको छ ।

    इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार विहान  हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend