२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

छिटो फाइदा कमाउने प्रवृत्ति घातक : धनराज गुरुङ


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 9.2K
    SHARES

  • images
    छिटो फाइदा कमाउने प्रवृत्ति घातक : धनराज गुरुङ


    काठमाडौ, २६ भदौ । छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले टिप्पणी गरेका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौंमा सम्बाधेन गर्दै उनले उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध सामान बजार नुगेपछि समाज शुद्ध नहुने तर्क गरे ।

    ‘हाम्रो मन अशुद्ध भएपछि सबै वस्तु अशुद्ध हुन्छ । हरेक मानिसको मन शुद्ध नभएपछि बजारमा कसरी शुद्ध सामान पाइन्छ । सफा मनले वस्तु उत्पादन गरेर बजार पठाउँने हो भने पो सामान शुद्ध हुने हो । हामी आफै शुद्धिकरण भएपछि मात्रै मिसावटरहित सामान आउँन सक्छ ।’ उनले भने, ‘कानून बनाएर, विधेयक बनाएर मात्रै बजार शुद्धिकरण हुन्छ भन्ने कुरा होईन् । हामीलाई छिटो फाइदा कमाउँने प्रवृत्ति बढेको कारण बढि मिसावट भएको जस्तो देखिन्छ ।’ उनले उपभोक्ताको हितका लागि आफ्नो प्रयास सदैव सकरात्मक रहने वचन दिए।

    महासंघले नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गरेको भन्दै उनले सो प्रयासमासरकार सधैँसँगै रहेको बताए । उनले भने, ‘नेपाली उपभोक्ता संरक्षण महासंघ भनेर संस्थागत रुपमा संगठन गठन गरेर मुलुकभरको नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गर्नु भएको छ यसको लागि धन्यवाद छ र यो संस्थाको प्रयासमा नेपालि सरकार सँगै उभिन चाहान्छ ।’

    उनले हामी आफै शुद्धिकरण भएपछि मात्रै मिसावटविनाको सामान बजारमा आउँन सक्ने भन्दै शुद्ध मनले सामग्री उत्पादन गनुपर्ने बताए । वर्तमान समाजमा छिटो फाइदा कमाउँने उद्देश्यले मिसावट वस्तु उत्पादन गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए । यस्तै, उनले कार्यक्रममा जादाँ मायाको चिनो, सम्मान पत्र वितरण गर्नु भनेको फिजूल खर्च भएको मान्यता व्यक्त गर्दै यस्तो सम्मान पत्रको भारी नबोगाई दिन पनि अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend