२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी, सार्वजनिक बिदा दिने


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 11.7K
    SHARES

  • images
    नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी, सार्वजनिक बिदा दिने

     

    काठमाडौ, २६ भदौ । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ ।सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

    एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् । केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राजकीय सम्मान दिने तयारी रहेको छ ।

    त्यस्तै आज बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend