२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन 


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 8.1K
    SHARES

  • images
    मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन 

     

    काठमाडौं, २६ भदौ । जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। आज बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।

    उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend