२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

किड्जीले ग¥यो Joyful Parenting का बारेमा प्यानल छलफल आयोजना सम्पन्न


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 7.1K
    SHARES

  • images
    किड्जीले ग¥यो Joyful Parenting का बारेमा प्यानल छलफल आयोजना सम्पन्न

    काठमाडौं । किड्जी, एशियाकै व्यापक प्री स्कुल चेनले २०८० भाद्र २३ गते शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा "Joyful Parenting in Modern Times" बिषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ । बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक गराउने उदेश्यका साथ यो अभियान सुरु गरिएको हो । कार्यक्रममा  विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई प्रारम्भिक intervention को महत्व को बारेमा पनि छलफल भएको थियो ।


    कार्यक्रमका मुख्य वक्ताहरु  डा. मञ्जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ) श्री शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्टे) श्रमिती कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल) श्रीमती सुनिता चौहान (सामाजिक अभियन्ता) श्रीमती नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई  जागरुक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पार्नुभएको थियो ।


    किड्जीले हालसम्म २००० भन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण  गरिसकेको  छ । अहिलेसम्म एक लाख भन्दा बढी  शिक्षकहरूलाई तालिम दिईसकेको छ । किड्जी नेपालका ५  ठूला  शहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघी बढिरहेको छ । प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्ष भन्दा बढीको विरासतका अनुभवका साथ किड्जी, What is Right for the child (WRFC) को सिद्धान्तद्वारा निर्देशित, बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend