२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नाडा अटो शो मा फोर्स अरबानीया लन्च हुने, मर्सिडिज बेन्जको डिजाइनमा, मूल्य कति ?


सञ्चार डबली
  • शुक्रबार, भदौ २२ २०८०
  • 8.4K
    SHARES

  • images
    नाडा अटो शो मा फोर्स अरबानीया लन्च हुने, मर्सिडिज बेन्जको डिजाइनमा, मूल्य कति ?

    २०८० भाद्र, २२ शुक्रवार
    काठमाडौं - नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटले नाडा अटो शो मा भारतमा अत्याधिक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको फोर्स कम्पनिको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरेको छ । 

    नेपालमा आयातित माइक्रोबसहरु मध्येमा सबैभन्दा प्रिमियम सुबिधा युक्त रहेको कम्पनीको दाबी छ । कार जस्तै आरामदायी र सुबिधा रहेको कुरा कम्पनीले जनाएको छ । विषेशत पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु, कुटनीतिक निकायहरु, सरकारी तथा गैर सरकारी संस्थाहरुका लागि यो माइक्रोबस उपयुक्त हुन सक्छ । 

    माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको कम्पनीले भनेको छ ।

    1694137188-sbjwn.jpg
    undefined

     

    अरबानीया गाडीको बारेमाः 

    सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङ्गहरुमा अब्बल मानिएको छ । ड्युल एअर ब्याग यूक्त यस गाडीमा एरोडाइनामीक क््यास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सीस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागि चार्जीङ्ग पोर्टको ब्यबस्था भएको, सेन्ट्रलडोर लकिङ्ग वीथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसीबल स्टेरीङ्ग कोलुम आदि जस्ता अत्याधुनिक बिषेशताहरु छन् । 

    यस्तै, आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस  भएकाले एक पटक यात्रा गरेपपछि पुन यात्राका लागि रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ्ग डोरसहितको तीन ढोका युक्त यो बसमा १४ र १८  सिट क्षमतामा उपलब्ध छन् ।

    1694137239-SciBk.jpg
    undefined

    आरामदायी रिक्लाइनिङ्ग सिटहरु सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागि फ्रन्ट बम्पर डिजाइन, कुनै दुर्घटना भैहालेमा पनि हेड इन्जुरी कम होस भन्नका लागि त्यहि अनुसारको ड्यासबोर्ड डिजाइन गरिएको छ । 

    गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ  । बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ  । यो मुल्य केही समयको लागि मात्र लागु कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागि आकर्षक छुट सुबिधा समेत उपलब्ध हुनेछ । 

    फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा  डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend