२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग


सञ्चार डबली
  • शुक्रबार, भदौ २२ २०८०
  • 8.6K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

    शुक्रबार, भदौ २२, २०८०
    गोरखा । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रबर्धन, दुर्गम क्षेत्रमा पुर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

    बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रम बिच मानव सेवा आश्रम गोरखालाई रु. ५००,०००।– आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सहयोगबाट आश्रमा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गर्दैै यस्ता निःश्वार्थ भावनाले मनैछुने तथा परोपकारी कार्य गर्ने संघ संस्थाहरु संग भविष्यमा समेत हातेमालो गर्दै अगाडी बढिरहने प्रतिबद्दता व्यक्त गरे ।

    साथै आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पुर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्दै बैंक प्रति कृतज्ञता समेत प्रकट गरिन ।

    सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।

    स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको तथा देशैभरि छरिएर रहेको आफ्नो १२७  शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७  प्रादेशिक कार्यालय, १६२ ए.टि.एम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र  बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend