२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

२८.९२ अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 9.5K
    SHARES

  • images
    २८.९२ अंकले घट्यो सेयर बजार

     

    काठमाडौ, २१ भदौ । सेयर बजारले आम लगानीकर्ताालाई निराश बनाएको छ । आज नेप्से सूचक २८.९२ विन्दुले घटेर १९३२.४५ अंकमा आएको छ । १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दिनहुँजसो बजार घटिरहेको छ । लामो समयदेखि बजार ओरालै यात्रमा छ । बढ्ने कुनै संकेत नदेखिंदा आम लगानीकर्तामा निराशा उत्पन्न भएको हो ।

    बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं सम्पति गुम्दा पनि सरकार र नियामकले कुनै पनि सम्बोधन गरेका छैनन् । सुधार्ने बचन दिएका छैनन् । यसकारण पनि लगानीकर्ताको मनोबल थप कमजोर भएको हो ।

    यस दिन २७६ कम्पनीको करिब ३७ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड १५ लाख रुपैयाँसहित कारोबार रकममा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र शिवम् सिमेन्ट्स परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend