२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

७.०४ विन्दुले बढ्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, भदौ १८ २०८०
  • 9.8K
    SHARES

  • images
    ७.०४ विन्दुले बढ्यो सेयर बजार


    काठमाडौ, १८ भदौ । सेयर बजार अन्तिम प्रहरमा सकारात्मक बनेर बन्द भएको छ । सोमाबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा आएको छ । आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको अधिकांश अवधि घटेको सूचक बन्द हुने बेलामा भने सकारात्मक बनेको हो । समग्रमा हेर्दा बजार सूचक नेप्से १९ सयकै लाइनमा झरिसकेको छ ।

    यस दिन २७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको छ । ५ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नबिल बैंक परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend