२०८० भदौ १८ सोमबार
काठमाडौं । काठमाडौंमा सम्पन्न एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई कार्यकारी उपाध्यक्ष चयन भएका छन् । श्रेष्ठ सहित नेपालका चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको हो।
इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो । राजेशबाबु श्रेष्ठको कार्यकारी उपाध्यक्ष र सबै निर्वाचित सदस्यहरुको कार्यावधि ४ वर्षको हुनेछ।


