२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी र सिद्धार्थ बैंकको पौने ७ लाख बढी कित्ता सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, भदौ १७ २०८०
  • 10.2K
    SHARES

  • images
    कुमारी र सिद्धार्थ बैंकको पौने ७ लाख बढी कित्ता सेयर बिक्रीमा


    काठमाडौ, १७ भदौ । दुई वाणिज्य बैंकको पौने ७ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कुमारी बैंक र सिद्धार्थ बैंकको संस्थापक समूहको ६ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा राखिएको हो।

    जसमा कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक सेयर छन्। हाललाई यी दुवै बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    दुवै बैंकका संस्थापक सेयरधनीहरुलाई सेयर खरिदका लागि ३५ दिनको समयावधि दिइएको छ। कुमारी बैंकको सेयर खरिदका लागि काठमाण्डौको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सकिनेछ।

    सिद्धार्थ बैंकको सेयर खरिदका लागि भने काठमाण्डौको हात्तीसारस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने दुवै बैंकले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend