२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मुल्यः महंगियो बन्दाको भाउ


सञ्चार डबली
  • आइतबार, भदौ १७ २०८०
  • 10.5K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मुल्यः महंगियो बन्दाको भाउ

     

    काठमाडौ, १७ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७५, गोलभेडा सानो भारतीय ६५, टनेल गोलभेडा सानो ६५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ७०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ५०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १३०, मूला सेतो ९०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, टाटे सिमी ८०, तितो करेला ९०, ब्रोकाउली ३००, कागती १५०, भिण्डी ४०, न्यूरो ९०, रातो बन्दा १५० ,लोकल काक्रो १००, अदुवा प्रतिकेजी १८० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार २८०, नासपाती ७०, आभोकाडो २५०, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ मुल्य तोकिएको छ भने रहु माछा ३१५, छडी माछा २४०, मुंगरी माछा २८० रूपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै लप्सी प्रतिकेजी ७०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २८०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २५०, रुख कटहर ६०, छ्यापी सुकेको २००,भेडे खुर्सानी १००, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०,कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend