२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने


सञ्चार डबली
  • शनिबार, भदौ १६ २०८०
  • 8.5K
    SHARES

  • images
    आज काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने

    काठमाडौं, १६ भदौ । आज काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो । प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।

    टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

    काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली आज बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend