२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जीवन बिमा कम्पनीहरूको बिमा शुल्क आर्जन २.६८ प्रतिशतले बढ्यो


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 8.3K
    SHARES

  • images
    जीवन बिमा कम्पनीहरूको बिमा शुल्क आर्जन २.६८ प्रतिशतले बढ्यो


    काठमाडौ, १३ भदौ । जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।नेपाल बिमा प्राधिकरणको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनी र दुई वटा लघुबिमा कम्पनीहरुले उक्त बिमा शुल्क आर्जन गरेका हुन् । जसमध्ये हालै सञ्चालनमा आएका दुई लघुबिमा कम्पनीले २ लाख रुपैयाँ बढी मात्र बिमा शुल्क आर्जन गरेका छन् ।


    बिमा प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुको बिमा शुल्क आर्जन २।६८ प्रतिशतले मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ३८ करोड ६४ लाख ५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको देखिन्छ । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

    त्यसपछि, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । तेस्रोमा, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १६ अर्ब ४३ करोड ११ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यता, हालैदेखि सञ्चालनमा आएका दुई लघुबिमा कम्पनी गार्डियन माइक्रोलाइफ र क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्सले क्रमशः १ लाख ४१ हजार रुपैयाँ र ६४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend