२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैङ्कका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा विशेष छुट पाउने


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 11.5K
    SHARES

  • images
    एभरेष्ट बैङ्कका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा विशेष छुट पाउने

    २०८० भाद्र, १२ मंगलवार
    काठमाडौँ - एभरेष्ट बैङ्क लिमिटेडका ग्राहकहरूले हिमालयन दृष्य रिसोर्टमा विशेष छुट पाउने भएका छन् । एभरेष्ट बैङ्क र हिमालय दृष्य रिसोर्ट धुलिखेलबिच भएको सम्झौता अनुसार बैङ्कका ग्राहकलाई विशेष छुट प्रदान गर्ने भएको हो । यो सँगै बैङ्कका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

    बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीक सदस्यहरूले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् । 

    सो समारोहमा बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य के.सीको समेत उपस्थिति रहेको थियो । 
     
    स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend