२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिद्धार्थका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 9.0K
    SHARES

  • images
    सिद्धार्थका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


    काठमाडौं, १२ भदौ । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुबै फन्डले नगद लाभांश वितरण गर्न बुधबार बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । दुवैले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् ।


    सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ ।

    सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् । यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ । इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो । यी फन्डलाई सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend