२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल बैङ्क ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मानित


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 9.6K
    SHARES

  • images
    नबिल बैङ्क ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मानित

    १० भाद्र २०८०
    काठमाडौँ । नबिल बैङ्क लिमिटेडले बैङ्क तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैङ्कलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैङ्कर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

    मर्जर एक्वीजीसन पश्चातका वर्षहरूमा बैङ्कहरूमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्था भन्दा भिन्न हिसाबले बैङ्कले आर्थिक वर्ष २०७९–८० मा बैङ्किङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा नबिल लगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको थियो । नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । 

    बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend