२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्छ : गभर्नर अधिकारी


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 9.2K
    SHARES

  • images
    नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्छ : गभर्नर अधिकारी

     

    काठमाडौं, १० भदौ । नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा उनले आफूले साईन गरेको नोट फ्रेममा रहोस र कारोबार भने डिजिटल होस भन्ने चहाना रहेको र धेरै हदसम्म पूरा पनि भएको बताए ।

    उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने, सुशासन आउँने र कारोबारहरु रेकर्ड राख्नेलगायत धेरै काम सहज रुपमा हुने पनि बताए । उनले भने, ‘म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नर मध्ये एक हुँ तर मेरो चहाना त्यो साईन गरेको नोट फ्रेममा रहोस र हाम्रो कारोबार भने डिजिटल होस भन्ने हो र त्यो धेरै हदसम्म पूरा पनि हुन थालेको छ । यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउँछ, कारोबारहरु रेकर्ड हुन्छ, सरकारको कर पनि नियमित रुपमा आउँछ आएन भने पनि ट्रेस गर्न सकिन्छ । धेरै फाइदाहरु हुन्छन् ।

    उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको भन्दै त्यसको फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको जिकिर गरे । एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend