२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मुल्यः २ सय पुग्यो हरियो धनियाँ


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 10.4K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मुल्यः २ सय पुग्यो हरियो धनियाँ

    काठमाडौ, १० भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल मूल्य ७० रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९०, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानिय प्रतिकेजी ६०, आलु रातो ५२, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ६०, हरियो फर्सी ८०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३८० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ७०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १५०, कागती १३०, भिण्डी ४०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रूपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २४०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो १८०, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०, अम्बा १२०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा ९०,कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend