२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चन्द्रयान–३ अवतरण भएको चन्द्रमाको स्थललाई मोदीले दिए नाम 


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 8.0K
    SHARES

  • images
    चन्द्रयान–३ अवतरण भएको चन्द्रमाको स्थललाई मोदीले दिए नाम 


    काठमाडौं, ९ भदौ । प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाई दिएका छन् । सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन्, जसमध्ये एउटा अनुसार चन्द्रयान–३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ। यसका साथै पीएम मोदीले ‘तिरंगा प्वाइन्ट’ र ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि गरेका छन् ।

    यस नामकरणको कारण स्पष्ट गर्दै प्रधानमन्त्रीले अन्तरिक्ष अभियानको ‘टच डाउन पोइन्ट’लाई नाम दिने चलन रहेको बताए । भारतले चन्द्रमाको जुन भागमा हाम्रो चन्द्रयान अवतरण गरेको छ, त्यसको नाम पनि राख्ने निर्णय गरेको छ । चन्द्रयान–३ को ल्यान्डर जुन ठाउँमा अवतरण भयो, अब त्यो बिन्दुलाई ‘शिव–शक्ति’ भनिनेछ । शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ। चन्द्रमाको शिव शक्ति बिन्दुले कन्या कुमारीसँग हिमालय जोडिएको आभास दिन्छ।

    चन्द्रयान–३ को सफलतामा प्रधानमन्त्री मोदीले चन्द्रयान–२ को प्रयासलाई पनि स्मरण गरेका छन, उनले चन्द्रयान–२ ले चन्द्रमामा पाइलाको छाप छोडेको बिन्दुलाई अब ‘तिरंगा’ भनिने घोषणा गरे । ‘यो ‘तिरंगा’ बिन्दु भारतको हरेक प्रयासको प्रेरणा बन्नेछ। यो तिरंगा बिन्दुले हामीलाई सिकाउनेछ कि कुनै पनि असफलता अन्तिम हुँदैन,’ उनले भने ।

    प्रधानमन्त्रीले अगस्ट २३ मा भारतले चन्द्रमामा तिरंगा फहराए पछि त्यस दिनलाई अब राष्ट्रिय अन्तरिक्ष दिवसका रूपमा मनाइनेसमेत बताए । प्रधानमन्त्री मोदीले भारत पक्कै पनि अन्तरिक्ष र प्रविधिको क्षेत्रमा विश्व नेताको रूपमा उभिने बताएका छन्। अनुसन्धानको यो शक्तिले भारतलाई नयाँ उचाइमा पुर्‍याउने छ र २०४७ मा भारतलाई विकसित देश बनाउने छ।

    भारतका धर्म ग्रन्थहरूमा पाइने खगोलीय सूत्रहरूलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न नयाँ पुस्ताहरू तिनीहरूलाई नयाँ अध्ययन गर्न अगाडि आएमा यो हाम्रो सम्पदा र विज्ञानको लागि महत्त्वपूर्ण छ, उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend