२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 8.4K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा


    काठमाडौं, ९ भदौ । मुक्तिनाथ विकास बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले भदौ ७ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    यस बैंकको केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता भाउ खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    यस संस्थापक सेयरको प्रतिकित्ता भाउ तोकिएको छैन । खरिदकर्ताले नै आफूले किन्न चाहेको कित्ता र भाउ खुलाएर बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend