२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर लिलामी खुल्यो


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 10.1K
    SHARES

  • images
    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर लिलामी खुल्यो

     

    काठमाडौं, ९ भदौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबारदेखि २० हजार कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    आवेदन दिने अन्तिम म्याद भदौ १७ गतेसम्म रहेको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend