२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआइसी एसिया बैंकले १ सय भन्दा बढी घरजग्गा बिक्री गर्दै


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 11.0K
    SHARES

  • images
    एनआइसी एसिया बैंकले १ सय भन्दा बढी घरजग्गा बिक्री गर्दै

     

    काठमाडौं, ९ भदौ । एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरेर लिलामी सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ ।

    बैंकले कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, रौतहट, सिराहा, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

    यसरी गैर बैंकिङ सम्पतिहरु बिक्री हुन सकेमा त्यसबाट बैंकको वित्तीय स्वास्थ थप मजबुत बनाउन सहयोग पुग्नेछ । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलाम गरेर सकारेको हो । ती सम्पति पुनः बिक्री गर्न पाइन्छ । यसरी बिक्री भएपछि त्यसलाई वासलतमा देखाउन पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend