२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो थियो जर्जियाको जेलमा ट्रम्पको कैदी विवरण


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 8.0K
    SHARES

  • images
    यस्तो थियो जर्जियाको जेलमा ट्रम्पको कैदी विवरण



    काठमाडौं, ९ भदौ । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा परिवर्तन गर्ने षड्यन्त्र गरेको आरोपमा डोनाल्ड ट्रम्पले जर्जियामा आत्मसमर्पण गरेका छन् । 

    यस्तो गम्भीर आरोपमा पहिलो पटक अमेरिकी पूर्व राष्ट्रपति पक्राउसमेत परेका हुन । देशको सुरक्षालाई खतरामा पार्ने जस्ता आरोपको सामना गर्दै आएका ट्रम्प केही समयका लागि धरौटीमा छुटे पनि जेलमा सामान्य बन्दीजस्तै उनलाई के भयो ? त्यो अहिले सार्वजनिक भएको छ ।

    यो पाँच महिनामा एक आपराधिक मुद्दामा उनको चौथोपटक गिरफ्तारी थियो  । तर उनको पहिलो पुलिस बुकिङ फोटो बाहिर आएको छ, जसमा उनको नयाँ परिचय दर्ता भएको छ ।

    ‘बीबीसीको रिपोर्टका अनुसार सामान्य बन्दीले कानुनको चपेटामा परे पछि जसरी तस्बिर खिच्ने कार्य गरिन्छ, त्यसरी  ट्रम्पकाे पनि तस्विर खिचिएकाे थियो। ट्रम्प त्यहाँ अर्थात जेलमा करिब २० मिनेट बसे । उनका दर्जनौं समर्थक बाहिर जम्मा भएका थिए । 

    जेलको वेबसाइटमा पोष्ट गरिएका रेकर्डहरूले ट्रम्पलाई गोरा वा स्ट्रबेरी कपाल र नीलो आँखा भएका, ६ फिट ३ इन्च अग्लो र २१५ पाउण्ड (९७ किलोग्राम) तौल भएको गोरो पुरुषको रूपमा वर्णन गरेको छ। उनको कैदी नम्बर पि ०११३५८०९ थियो।

    यससँगै ट्रम्प अब अमेरिकाका ती ठूला सेलिब्रेटीहरूको सूचीमा परेका छन्, जसको गिरफ्तारी बुकिङका तस्विरहरू सार्वजनिक भएका छन् । यसअघि एल्विस, फ्रान्क सिनात्रा, अल क्यापोन र डा. मार्टिन लुथर किंग जूनियरसँग यस्तो भएको थियो। 

    एट्लान्टा जेलबाट रिहा हुन ट्रम्पले २ लाख अमेरिकी डलरको जमानत तिर्नुपरेको थियो । यसपटक ट्रम्पलाई पहिलेभन्दा ठूलो सुरक्षा काफिलेको उपस्थितिमा फुल्टन काउन्टी जेलमा लगिएको थियो। तर, अदालतमा ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई निराधार भनेका छन् । 

    पुलिसले कुनै मामलामा आरोपीको रूपमा डोनाल्ड ट्रम्पको फोटो खिचेको थियो। अमेरिकी कानुन अनुसार प्रहरीले अभियुक्तको अनुहारको फोटो खिच्नुलाई ‘मग शट’ भनिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend