२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ठूलो खोला हाइड्रोपावर सेयर निश्काशन गर्दै


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 8.0K
    SHARES

  • images
    ठूलो खोला हाइड्रोपावर सेयर निश्काशन गर्दै

    काठमाडौं। ठूलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ ।

    आईपीओ निश्कासनको लागि आइतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच खिचापोखरी, काठमाण्डौमा साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सार्वजनिक निष्काशन गर्नेछ ।

    ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२।५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend