२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैंकद्धारा धुलिखेल अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण


सञ्चार डबली
  • बुधबार, भदौ ६ २०८०
  • 8.3K
    SHARES

  • images
    एनएमबि बैंकद्धारा धुलिखेल अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

    बुधबार, भदौ ६, २०८०
    काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ ।

    बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

    बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको हो । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्‍याउनुका साथै बिरामीहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा बैंकको छ ।

    एनएमबि बैंकले हाल २०१ शाखा कार्यालय, १४३ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend