२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै, अरु समूहका कति छन् ?


सञ्चार डबली
  • बुधबार, भदौ ६ २०८०
  • 8.3K
    SHARES

  • images
    आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै, अरु समूहका कति छन् ?


    काठमाडौ, ६ भदौ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।

    बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्स्योरेन्सदेखि रियल सेक्टरका कम्पनीहरु थिए । गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो । धितोपत्र बोर्डका प्रवक्त मुक्ति नाथ श्रेष्ठले हाइड्रोपावर कम्पनीहरुले चाहिने कागजपत्र समयमा बुझाएकाले यिनीहरुको छिटो काम हुने गरेको बताउँछन् ।

    उनले अरु कम्पनीहरुले आवश्यक कागज पत्र बुझाउन समय लगाउने गरेको बताए । त्यसैले यिनीहरुको प्रक्रिया ढिलो हुने गरेको उनको भनाई छ । त्यसो त, यो चालु आर्थिक वर्षको पहिलो महिना हो । अरुले पनि विस्तारै अनुमति पाउने छन् । यस अवधिसम्म सोनापुरले मात्र आइपीओ निष्कासनको अनुमति पाएको छ ।

    स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूह अन्तर्गतका कम्पनीहरु छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जस अन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend