२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स


सञ्चार डबली
  • बुधबार, भदौ ६ २०८०
  • 9.2K
    SHARES

  • images
    भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

     

    काठमाडौ, ६ भदौ । भदौ १५ गतेदेखि सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।

    इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो।

    जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रति सेयर १०० रुपैयाँ यस कम्पनीका कर्मचारीहरुका लागि छुटाएको छ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन २ चरणमा निस्कासन तय गरिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend