२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घाटामा शिव श्री हाइड्रोपावर, २० रुपैयाँ ९२ पैसा ऋणात्मक


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.8K
    SHARES

  • images
    घाटामा शिव श्री हाइड्रोपावर, २० रुपैयाँ ९२ पैसा ऋणात्मक

     

    काठमाडौ, ५ भदौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको छ । यो कर तिर्नुभन्दा अघिको नोक्सान हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा नोक्सानी घटेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानीमा केही कमी आएको हो ।

    अघिल्लो वर्ष २४ करोड ४६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा गत वर्ष बढेर ३५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ । चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । यसको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँ ऋणात्मक छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend