२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकका उम्मेदवार डा.आचार्यको पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको लबिङ


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 6.4K
    SHARES

  • images
    डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकका उम्मेदवार डा.आचार्यको पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको लबिङ

    काठमाडौं, ४ भदौ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलंका, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेका छन् । डब्लूएचओका ३ वटा महत्वपूर्ण कार्यक्रममा भाग लिन भारतको गुजरात गएका मन्त्री बस्नेतले त्यहाँ बस्दा नेपाल सरकारले डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकको उम्मेदवार बनाएका जनस्वास्थ्य विज्ञ डा.आचार्यको पक्षमा मत दिन आग्रह गर्दै लबिङ गरेका हुन ।

    एक साता लामो भारत भ्रमण सकेर सोमबार स्वदेश फर्केका स्वास्थ्य मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै आफुले नेपाल सरकारको तर्फबाट डा.आचार्यको पक्षमा मत मागेको बताए । मन्त्री बस्नेतले भने, ‘ डा. आचार्यको उम्मेदवारी हामी सबै नेपालीका लागि प्रतिष्ठाको बिषय हो । मैलै भारतमा बस्दा डब्लूएचओ ‘सेरो’ देशहरुका स्वास्थ्य मन्त्रीहरुलाई भेटेर नेपालको उम्मेदवारीको बिषयमा कुराकानी गरेर मत मागेको छु । सबै पक्षबाट सकारात्मक प्रतिकृया पाएको छु ।’

    लामो समय विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा बसेर निर्देशकको रुपमा काम गरिसकेका डा.आचार्य आउँदो महिना हुने डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशक निर्वाचित भए नेपालको स्वास्थ्यमा दूरगामी प्रभाव पर्ने बताउदै मन्त्री बस्नेतले यस बिषयमा नेपाल सरकारले अझै प्रयास जारी राख्नेमा जोड दिए । डब्लूएचओ ‘सेरो’ मा दक्षिण पूर्वि एशिया क्षेत्रका ११ वटा देश पर्छन । क्षेत्रीय निर्देशकमा बिजयी हुनका लागि ६ मत आवश्यक पर्छ । डब्लूएचओ ‘सेरो’का सदस्य देशहरुमा नेपाल सहित भारत, बंगालादेश, भुटान, श्रीलंका, थाइल्याण्ड, टिमोर लेस्टे, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार र दक्षिण कोरिया सदस्य छन् ।

    366798056_310629334962503_7641904300297834170_n.jpg
    undefined

    डा.आचार्यसगै बंगालादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदकी पुत्री सैमा वाजेद पनि उम्मेदवार छन् । दुई कार्यकाल भारतकी डा.पूनम क्षेत्रपालले क्षेत्रिय निर्देशक भएर आउदो महिना कार्यकाल सकिन लागेको छ । डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशको चयन आउदो अक्टुबरको अन्तिम हप्ता हुने छ । मन्त्री बस्नेतले भारतमा रहदा डब्लूएचओ ‘सेरो’ देशहरुको स्वास्थ्य मन्त्रीहरुको बैठकमा सहभागी भएर क्षयरोग अन्त्यको लागि नेपालको तर्फबाट मन्तव्य राख्दै उच्चस्तरीय राजनीतिक प्रतिवद्धता जनाएका थिए । त्यसैगरि मन्त्री बस्नेतले डब्लुएचओको प्राकृतिक चिकित्सा सम्बन्धी ग्लोबल समिटमा भाग दिएर त्यसको प्लेनरी सेसनमा नेपालको तर्फबाट सम्बोधन गरेका थिए ।

    यसका साथै स्वास्थ्य मन्त्री बस्नेतले वान हेल्थ, वान अर्थ नामक फर्मा एक्स्पोको अवलोकन समेत गरेका थिए । आफूले गुजरातमा बस्दा भारतका समकक्षी डा. मनसुख मांडविया र त्यहाका स्वास्थ्य सचिवसँग दुई पक्षिय वार्ता गरेर नेपालको स्वास्थ्य क्षेत्र सुधारका पक्षमा सहयोग मागेको मन्त्री बस्नेतले जानकारी दिए । जिपी कोइराला स्वासप्रस्वास केन्द्रको संरचना र सेवा विस्तार, विरगन्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतीय प्राध्यापहरुबाट अध्यापन गराउन र आयुर्वेद चिकित्साको क्षेत्रमा नयाँ प्रविधिको बारेमा सहकार्यका बारेमा सहयोग मागेको उनले जानकारी दिए । यसका साथै भारतको आयूष मन्त्रालयका राज्यमन्त्री र अधिकारीहरुसँग आयुर्बेद क्षेत्रको विकासका लागि छलफल भएको र भारत सरकारले सहयोगको आश्वासन दिएको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, स्वास्थ्य मन्त्रीका सल्लाहकार विश्वरुप खड्का, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य, आयुर्वेद विभागका महानिर्देशक डा. बाशुदेश उपाध्याय सहितको टोलीले सहभागिता जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend