२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लागुऔषधसहित पाँचजना पक्राउ


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 8.9K
    SHARES

  • images
    लागुऔषधसहित पाँचजना पक्राउ



    काठमाडौ, ४ भदौ । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया करिष्मा छेडाल, सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय शाहिल नेपाली र सोही उपमहानगरपालिका–७ बेली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

    उनीहरूमध्ये पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।

    झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend