२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्दै काठमाडौं महागर


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 7.5K
    SHARES

  • images
    श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्दै काठमाडौं महागर


    काठमाडौं, ४ भदौं । श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई काठमाडौं महागरपालिकाले रोजगारसँग जोड्ने भएको छ । सूचना जारी गर्दै महानगरले श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई अनुरोध गरेको छ ।

    सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको कामनपाले जनाएको छ ।

    सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ ।

    योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुनाका साथै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत गर्ने महानगरले जनाएको छ ।

    महानगरपालिका क्षेत्रभरी चालु आवको लागि श्रम गर्न इच्छुक व्यक्तिहरुले तोकिएको फाराममा आवश्यक विवरण भरी आफू बसेको वडा कार्यालय वा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा आवेदन पेस गर्न कामपाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend