२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मुल्य, अचाक्ली नाघ्यो धनियाँको भाउ


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 11.6K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मुल्य, अचाक्ली नाघ्यो धनियाँको भाउ


    काठमाडौ, ४ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जस अनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल मूल्य १२०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ७५, लौका ७०, हरियो फर्सी ८०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ । हिजो नेपाली गोलभेडाको भाउ १३० रूपैयाँ थियो ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली १५०, कागती १६०, भिण्डी ७०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ४५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रूपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २००, चाइनिज लसुन २४०, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, फूजी स्याँउ ३५०, मौसम १२०, जुनार ३२०, तोफु ११०, पिंडालू ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० रूपैयाँ कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend