२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अर्थमन्त्री महत क्यानडा प्रस्थान, जीईएफ सभामा भाग लिने


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 7.4K
    SHARES

  • images
    अर्थमन्त्री महत क्यानडा प्रस्थान, जीईएफ सभामा भाग लिने

    काठमाडौं, ४ भदौं । अर्थमन्त्री डा.प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार राती ९ः३० बजे क्यानडा प्रस्थान गरेका हुन् ।

    अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् ।

    यस्तै वन तथा बातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

    अर्थमन्त्री महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

    अर्थमन्त्री महत करिब १ साता क्यानडामा रहने छन् । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर आवसीय नेपाली र अन्य दातृ निकायहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्ने छन् ।

    यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend