२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

११.९९ अंकले घट्यो नेप्से सूचक


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 9.2K
    SHARES

  • images
    ११.९९ अंकले घट्यो नेप्से सूचक

     

    काठमाडौ, ३ भदौ । नेप्से सूचक आज ११.९९ विन्दुले घटेर २०११.१४ अंकमा आएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । समग्रमा हेर्दा सेयर बजारका लगानीकर्ताको मनोविज्ञान कमजोर देखिएको छ । बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गरी ब्याजदर बढाएपछि त्यसको प्रभाव सेयर बजारमा परेको अनुमान गरिएको छ ।

    हुन त सबै बैंकले ब्याजदर बढाएका छैनन् । यद्यपि, १ दर्जन बैंकले ब्याजदर बढाएका छन् । केहीले स्थिर राखेका छन् भने कतिपयले घटाएका पनि छन् । तथापि, सेयर बजारका लगानीकर्ताको मनोविज्ञान भने खासै सकारात्मक बनेको पाइएन ।

    आज २६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६ करोड ६३ लाख रुपैयाँसहित आएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र ज्योति विकास बैंक परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend