२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायी आन्दोलित


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 8.7K
    SHARES

  • images
    सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायी आन्दोलित

     

    काठमाडौ, ३ भदौ । सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायी आन्दोलित भएका छन्। आज काठमाडौंको सभागृह अगाडि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएर साइकल, गाडा, परम्परागत सडक, मजदूरउद्यमीका लागि सम्मानजनक वैकल्पिक नीतिव्यवस्था माग गर्दै यसअघि सडकमा व्यापार गर्दै आएका व्यापारीले महानगरपालिका विरुद्ध प्रदर्शन गरेका हुन् ।

    इनअफ इज इनअफ अभियानको अगुवाईमा भएको प्रर्दशनमा अभियन्ता विनोद देउवाले महानगरपनलीका बालेन शाहले फुटपाथे भनेर हेपेको भन्दै सडकमा व्यापार गर्नु रहर नभएर बाध्यता भएको बताए ।

    उनले जग्गा बाँझो छोडेर सडकमा बसेको हो भन्ने लागेमा छानबिन गर्न माग मारे । उनले भने, ‘हामी पनि तपाईलाई विकासमा अवरोध गर्न चाहदैनौं विरोधी हैनौं । विकासमा हामी पनि सहयोग गर्न चाहान्छौं । तपाई फुटपाथे भनेर यसरी नहेप्नुहोस् मेयर साहेब । हामी पनि केही गरौं भन्ने छ । यस्तो गर्नुभयो भने हाम्रो छोराछोरी भोकै छन् । अब खाते बनाईदिनी छोराछोरीलाई ? हामी जग्गा बाँझो छोडेर यहाँ बसेका छैनौं त्यस्तो लाग्छ भने छानबीन गर्नु ।’

    उनले महानगरको नीतिले १० हजार भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको दुखेसो गरे ।मेयर शाहले विना विकल्प जीविकोपार्जनका लागि काम गर्नेहरुको विजोग बनाएको उनीहरुको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend