२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जेलमा इमरान खानलाई बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 10.9K
    SHARES

  • images
    जेलमा इमरान खानलाई बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग


    काठमाडौं ३ भदौं । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्।

    पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्नेसमेत बताएकी छिन ।उनले भनिन्, ‘मेरा श्रीमान् विना कारण अट्टक जेलमा थुनिएका छन् । कानुनबमोजिम मेरो श्रीमानलाई अडियाला जेलमा सार्नु पर्छ ।’

    पूर्व प्रधानमन्त्री इमरान खानलाई यस महिनाको सुरुमा गिरफ्तार गरिएको थियो, जब उनको प्रधानमन्त्रीको कार्यकालमा विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त सरकारी उपहारहरू बिक्रीसँग सम्बन्धित तोशाखाना मुद्दामा अदालतले दोषी करार भए पछि तीन वर्षको जेल सजाय सुनाइएको थियो।

    पीटीआई प्रमुखलाई अक्सफोर्ड स्नातक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान भएकाले सामाजिक र राजनीतिक हैसियतअनुसार कारागारमा ‘बी’ श्रेणीको सुविधा दिनुपर्ने बुशराबीबीले माग गरेकी छिन ।

    यसैबीच बुशरा बीबीले विगतमा पनि दुई पटक खानको हत्याको प्रयास भइसकेको भएपनि संलग्न अभियुक्तलाइ पक्राउ नगरेको बताइन् । ‘उनको जीवन अझै खतरामा छ र मेरो श्रीमानलाई एटक जेलमा विष खुवाउने डर छ,’ उनले पत्रमा भनिन्। मिडिया रिपोर्टका अनुसार उनले देशको पूर्वप्रधानमन्त्री भएकाले आफ्ना श्रीमानलाई जेलमा घरमा पकाएको खाना खान दिनु पर्ने बताएकी छन् । जेल म्यानुअलको सन्दर्भमा बुशराले खानलाई ४८ घण्टाभित्र सबै सुविधा उपलब्ध गराउने भनिएको तर १२ दिन बितिसक्दा पनि आफूलाई त्यो सुविधा नदिएको बताइन् ।

    उनले भनिन्, ‘कारागारको नियम बमोजिम निजी चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने मेरो श्रीमान्को अधिकार छ । उनले पीटीआई प्रमुखलाई जेल म्यानुअल अनुसार सुविधा नदिएकोमा छानबिन गर्न मागसमेत गरेकी छिन ।

    यसबाहेक गत हप्ता पीटीआई कोर कमिटीले पनि इमरान खानलाई ‘स्लो पोइजनिङ’बाट पीडित हुनसक्ने चिन्ता व्यक्त गरेको थियो र उनलाई घरमा पकाएको खाना र पानी उपलब्ध गराउन माग गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend