२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रसुवाबाट दुई किलो पहेँलो धातुसहित एकजना पक्राउ 


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 11.2K
    SHARES

  • images
    रसुवाबाट दुई किलो पहेँलो धातुसहित एकजना पक्राउ 

    आइतबार, भदौ ३, २०८०
    काठमाडौं । रसुवाबाट सुनजस्तो देखिने दुई किलो पहेँलो धातुसहित एकजना पक्राउ परेका छन् । जिल्लाको टिमुरेबाट स्याफ्रुवेशीतर्फ आउँदै गरेका पैदल यात्री भोटेकोसी गाउँपालिका ५ पोखरी बस्ने २४ वर्षे सुदीप शेर्पालाई उक्त पहेँलो धातुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    चेष्ट गार्डको भित्री खल्तीमा सुनको जस्तो देखिने बिस्कुट आकारको दुई किलो पहेँलो धातु फेला पारेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । 

    उक्त पहेँलो धातुको अनुमानित मूल्य एक करोड ८९ लाख ३० हजार रहेको प्रहरीको भनाइ छ । शेर्पालाई उक्त धातुसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवामा राखिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend